FAQs Complain Problems

सुनछहरी झरना

Read More

विबाङ दह

Read More

सुनछहरी गाउँपालिकाको संक्षिप्त परिचय

 

संघिय गणतन्त्र राज्य नेपालको ५ नं. प्रदेश अन्तर्गत  रोल्पा जिल्लाको १० वटा स्थानिय तह मध्येको सुनछहरी गाँउपालिका पनि एक हो । अति सौन्दर्य मनामोहक प्रसिद्ध सुनछहरी झरनाको नामवाट नामाकरण गरिएको यस गाँउपालिकाको केन्द्र पोवाङमा रहेको छ । डमरु आकारको नक्शाको आकृतिमा रहेको यस गाँउपालिका रोल्पा जिल्ला सदरमुकाम लिवाङ देखी ४८ कि.मि. उत्तरी पुर्व भागमा अवस्थिती रहेको छ । सातवटा वडाहरु रहेका ( सेरम, भित्री गाम, वाहिरी गाम, स्युरी , जैमाकसला , फगाम र जेलवाङ ) यस गाँउपालिकाको क्षेत्रफल २७७.६२ वर्ग कि.मि.  र जनसंख्या राष्ट्रिय  जनगणना २०६८ अनुसार १६०३४,नयाँ सर्वेक्षण २०७४ अनुसार (१९०५४ )   रहेको छ । साविकका ६ वटा गाउ विकास समितिहरु मिलाइएर वनेको यस सुनछहरी गाँउपालिकाको सिमाना पुर्वमा वाग्लुङ पश्चिममा सुर्वणावर्ती गाँउपालिका ,रोल्पा नगरपालिका उत्तरमा रुकुम वाग्लुङ र दक्षिणमा लुंग्री गाँउपालिका र सुवर्णावर्ती गाँउपालिका रहेका छन । 

 

Pages

जन प्रतिनिधि

अध्यक्ष
Nankala Gharti
उपाध्यक्ष

कर्मचारीहरु

प्रमुख प्रशासकीय अधिकृत
Guman Sing Bista
सूचना तथा संचार प्रविधि अधिकृत

सूचना अधिकारी

जगत बहादुर बुढा

सूचना अधिकारी

फोन नं.–  9847868492

ईमेल: suchanaadhikari@sunchhaharimun.gov.np / jagat.budha29@gmail.com

 

सेवाहरु

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोहि दिन वा सर्जमिनको हकमा तिन दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष ,वडा सचिब
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यलय
सेवा शुल्कः- रु ५०० (सुनछहरी गाउँपालिकाको आर्थिक ऐन २०७५ )
आवश्यक कागजातहरुः-
  • घर जग्गा नामसारी सम्बन्धी विस्तृत विवरण खुलेको निवेदन
  • निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • मृतक र निवेदक विचको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपि
  • जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
  •  र्सजमिन मुचुल्का गरी बुझ्नु पर्ने भए र्सजमिनमा साक्षी बस्नेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  •  चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क अन्यथा रु ५०
आवश्यक कागजातहरुः-
  • मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि (नागरिकता बनेको भएमा)
  • सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • बिदेशी भएमा सूचक र मृतकको राहदानी¸ प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क अन्यथा रु ५०
आवश्यक कागजातहरुः-
  • सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • बसाइँसराईको लगत हस्तान्तरण फारामको सक्कल प्रति
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क अन्यथा रु ५०
आवश्यक कागजातहरुः-
  • सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • अदालतबाट सम्बन्ध विच्छेद भएको फैसलाको प्रतिलिपि
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जिकाधिकारी वडा सचिब
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क अन्यथा रु ५०
आवश्यक कागजातहरुः-
  • दुलाहा दुलहीको नागरिकता प्रमाण-पत्रको प्रतिलिपि
  • कुनै एक जना बिदेशमा रहेमा बिदेश स्थित  नेपाली राजदुताबासबाट प्रमाणित अधिकृत वारेसनामा 
  • दुलाहा वा दुलही नभएमा अदालतबाट भएको नाता कायमको कागज
  • दुवै जनाले  हालै हालै खिचेको अटो साईजको फोटो
सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्ज्मिन्को हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष/वडा सदस्य/वडा सचिव,सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यलय
सेवा शुल्कः- ३५ दिन भित्र निशुल्क अन्यथा रु ५०
आवश्यक कागजातहरुः-
  • निबेदन पत्र
  •  बाबु वा आमाको नागरिकताको  प्रतिलिपि
  • स्वास्थ्य सस्था /अस्पतालमा जन्म भएको भए उक्त संस्थाबाट जारी जन्म प्रतिबेदन
  • अस्पतालमा जन्म भएको भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपि
  • घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण पत्र
  • अस्पताल वा खोपको  प्रमाण नभएमा जन्म दर्ता  गर्नुपर्ने व्यक्ति स्वयंलाई उपस्थित हुने वा सम्बन्धित वडाबाट जन्म दर्ता गर्नु पर्ने व्यक्तिको जन्म प्रमाणित गरेको कागज 
  • बिदेशी भएमा बाबु, आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा  सम्बन्धित स्थानीय तहको वडामा बसोबास रहेको प्रमाण
  • भारतीय भएमा भारतीय नागरिक भनी पहिचान खुल्ने प्रमाण

जानकारी