समाचार
आ.व २०८०/८१ मा सुनछहरी गाउँपालिकाको संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को नतिजा सार्वजनिक गरिएको सम्बन्धी सूचना l
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयवाट जारी भएको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि २०७७ बमोजिम विभिन्न १० वटा क्षेत्रको १०० वटा सूचक हरुमा यस सुनछहरी गाउँपालिकाको आ.व २०८०/८१ को संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) मा ८८.५% अंक प्राप्त भएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि प्रकाशन गरिएको छ। नतिजा सम्मन्धी विस्तृत विवरण यस कार्यालयको वेबसाईट https://sunchhaharimun.gov.np वा https://lisa.mofaga.gov.np/report बाट हेर्न सकिनेछ ।
सुनछहरी गाउँपालिकाको संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA को विगत ४ वर्षको नतिजाः
१. आ.व २०७७/७८ -६०.५%
२. आ.व २०७८/७९ - ६६%
३. आ.व २०७९/८०- ७४%
४. आ.व २०८०/८१- ८८.५%
मितिः२०८१/१०/२९