सुनछहरी गाउँपालिकाको वेबसाइटमा यहाँहरुलाई स्वागत छ l

सुनछहरी गाउँपालिकाको संक्षिप्त परिचय

संघिय गणतन्त्र राज्य नेपालको ५ नं. प्रदेश अन्तर्गत रोल्पा जिल्लाको १० वटा स्थानिय तह मध्येको सुनछहरी गाँउपालिका पनि एक हो । अति सौन्दर्य मनामोहक प्रसिद्ध सुनछहरी झरनाको नामवाट नामाकरण गरिएको यस गाँउपालिकाको केन्द्र पोवाङमा रहेको छ । डमरु आकारको नक्शाको आकृतिमा रहेको यस गाँउपालिका रोल्पा जिल्ला सदरमुकाम लिवाङ देखी ४८ कि.मि. उत्तरी पुर्व भागमा अवस्थिती रहेको छ ।