FAQs Complain Problems

समाचार

सुनछहरी गाउँपालिकाको संक्षिप्त परिचय

 

संघिय गणतन्त्र राज्य नेपालको ५ नं. प्रदेश अन्तर्गत  रोल्पा जिल्लाको १० वटा स्थानिय तह मध्येको सुनछहरी गाँउपालिका पनि एक हो । अति सौन्दर्य मनामोहक प्रसिद्ध सुनछहरी झरनाको नामवाट नामाकरण गरिएको यस गाँउपालिकाको केन्द्र पोवाङमा रहेको छ । डमरु आकारको नक्शाको आकृतिमा रहेको यस गाँउपालिका रोल्पा जिल्ला सदरमुकाम लिवाङ देखी ४८ कि.मि. उत्तरी पुर्व भागमा अवस्थिती रहेको छ । सातवटा वडाहरु रहेका ( सेरम, भित्री गाम, वाहिरी गाम, स्युरी , जैमाकसला , फगाम र जेलवाङ ) यस गाँउपालिकाको क्षेत्रफल २७७.६२ वर्ग कि.मि.  र जनसंख्या राष्ट्रिय  जनगणना २०६८ अनुसार १६०३४,नयाँ सर्वेक्षण २०७४ अनुसार (१९०५४ )   रहेको छ । साविकका ६ वटा गाउ विकास समितिहरु मिलाइएर वनेको यस सुनछहरी गाँउपालिकाको सिमाना पुर्वमा वाग्लुङ पश्चिममा सुर्वणावर्ती गाँउपालिका ,रोल्पा नगरपालिका उत्तरमा रुकुम वाग्लुङ र दक्षिणमा लुंग्री गाँउपालिका र सुवर्णावर्ती गाँउपालिका रहेका छन । 

 

 

 

 

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.