समाचार
जेष्ठ नागरीक सम्मान
जेष्ठ नागरीक सम्मान
जेठ १९, सुनछहरी गाउँपालिका वडा नं. ६ फगामका जेष्ठ नागरीकरुलाई आज एक कार्यक्रमका विच सम्मान गरिएको छ । वडा भित्र रहेका ७० वर्ष माथीका बृद्ध बृद्धाहरुलाई सम्मान गरिएको हो ।
जेष्ठ नागरीहरुलाई गाउँपालिका अध्यक्ष आश बहादुर पुनले सम्मान गर्नु भयो थियो । आर्थीक वर्ष ०७४।०७५ को लक्षित कार्यक्रम अन्तरगत जेष्ठ नागरीकहरुलाई गाउँपालिका अध्यक्ष पुनले सम्मान गर्नु भयो हो । बृद्धाहरुलाई हौसला स्वरुपम दोसल्ला, टोपि, सल सहित सम्मान गरिएको थियो । वडा भित्र रहेका एक सय ४१ जना जेष्ठ नागरीहरुलाई वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको बताईएको छ ।
साथै हाल सम्म स्वयम सेविकाको काम गरी अवकास लिएका महिला स्वयम सेविकाहरुलाई पनि सम्मानगरिएको छ । लामो समय स्वयम सेविकको भुमिकामा रहि समाज सेवा गरेबापत वडा कार्यालयले नगद र प्रमाण पत्र सहित सम्मान गरेको हो । सम्मान हुनेहरुमा तिता झाकृ, मनि झाकृ, पुर्वा पुन, धन कुमारी बुढाथोकि र बिरु पुन रहनु भएको छ । अन्य सेवारत महिला स्वयम सेविकाहरुलाई पनि प्रोत्साहत भत्ता वितरण गरिएको छ । काम गरिरहेका स्वयम सेविकहरुलाई हौसला स्वरुप यस बर्ष देखि प्रोत्साहन भत्ता वितरण गर्न थालिएको हो । वडा कार्यालयबाट बजेट विनियोजन गरी स्वास्थ्य सस्थामा सुत्केरी गराउन गए बापत, गर्भवती महिलालाई चेकचाज गराउन प्रोत्साहन गरेबापत भत्ता वितरण गरिएको वडा अध्यक्ष अमरजित पुनले बताउनु भयो । सधै स्वयम सेवक भएर काम गर्न नसिने भन्दै यस वर्ष देखि वडा कार्यालयबाट प्रोत्साहन स्वरुप उपलब्ध गराउने भएको पुनले बताउनु भयो ।
गाउँपालिका अध्यक्ष आश बहादुर पुनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा वडामा रहेका ७० वर्ष माथीका बृद्ध बृद्धा, महिला स्वयम सेविका, शिक्षक, बुद्धिजिवीहरुको उपस्थीति रहेको थियो । वडा अध्यक्ष अमरजित पुनको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य चौकि प्रमुख निम बहादुर राना, रेडक्रसका वडा संयोजक हेमराज महरा लगाएतले बोल्नु भएको थियो । टोल टोलमा पुगी उपलब्ध गराईने तरकारी बिउ विजन र तालिमको पनि आजै उद्घाटन गरिएको छ । कार्यक्रमको संचालन वडा सचिव गन्ज बहादुर थापाले गर्नु भएको थियो ।