FAQs Complain Problems

गरिब पहिचान भएका गरिब घरपरिवारको परिचय पत्र बितरण सम्बंधि अत्यन्त जरुरी सूचना

 नेपाल सरकारको गरिव घरपरिवार पहिचान गरी परिचय पत्र वितरण गर्ने कार्यक्रम अनुसार संकलित पारिवारीक विवरणको १८ वटा सुचकको आधारमा पी.एम.टी विधीवाट विश्लेषण गरी पहिचान भएका गरिव घर परिवारको अन्त्तिम नाम सहितको सुची यस सुनछहरी गाँउपालिका गाँउकार्यपालिकाको कार्यलय पोवाङ र प्रत्येक वडा कार्यलयमा टासिएको छ । उक्त सुचीमा संग्लन भएका घर परिवारको घरमुलीले यथाशिर्घ घर परिचयपत्र वितरण कार्यविधी २०७४ मा तोकिएको ढाँचामा निवेदन दिई परिचय पत्र प्राप्त गर्नुहुन सम्वन्धित सवैकोलागि यो सुचना जारी गरिन्छ । 

नामवली यसै साथ संलग्न  गरिएको छ ।

परिचयपत्र वितरण हुने कार्यक्रम मिति र स्थान

परिचयपत्र वितरण हुने मिति

परिचयपत्र वितरण गरिने वडाहरु

परिचयपत्र बितरण गरिने स्थल 

२०७५साउन, १४ र १५ गते

वडा नं. ४ स्युरी

सुनछहरी गाउकार्यपालिकाको कार्यलय पोवाङ रोल्पा 

२०७५ साउन १६ र १७ गते 

वडा नं. ५ जैमाकसला 

सुनछहरी गाउकार्यपालिकाको कार्यलय पोवाङ , रोल्पा 

२०७५ साउन १८ र १९ गते 

वडा नं १ सेरम 

सुनछहरी गाउकार्यपालिकाको कार्यलय पोवाङ , रोल्पा

२०७५ साउन २०,२१, २२ र २३ 

वडा नं २ भित्री गाम र  वडा नं ३ वाहिरी गाम     

वाहिरी गाम वडा कार्यलय 

२०७५ साउन २५ , २६ २७ र २८गते 

वडा नं ६ फगाम र वडा नं ७ जेलवाङ

जेलवाङ वडा कार्यलय 

 

परिचय पत्र प्राप्त गर्नकोलागि पेश गर्नुपर्ने कागजातहरु:

  • घरमुलीको नागरीकताको प्रतिलिपी 
  • अनुसची १ फारम विवरण भरेको हुनुपर्ने 
  •  पारिवारीक विवरण संकलन फारम २०६९ को अर्धकट्टीको प्रतिलिपी  
  •  हाल सालै खिचेको दुई प्रति पासर्पोट साईजको फोटो 

 

गरिव घरपरिवार परिचयपत्र वितरण समन्वय समिति
सुनछहरी गाउकार्यपालिकाको कार्यलय पोवाङ रोल्पा 

 

आर्थिक वर्ष: