FAQs Complain Problems

सुनछहरी गाउँपालिकाको विशेष गाउँ सभा संम्पन्न

परिणाममुखि काम गर्न गाउँपालिका अध्यक्षको निर्देशन

जेष्ठ ७, पोबाङ

सुनछहरी गाउँपालिकाका अध्यक्ष आश बहादुर पुनले जनताको सेवामा खुला मनले लाग्न जनप्रतिधि र कर्मचारीलाई आग्रह गर्नु भएको छ । आर्थिक वर्षको अन्त्यमा भएकोले जनताको कुनै पनि काममा ढिला र उदासिन नहुन निर्देशन दिनु भएको छ ।  आज  सुनछहरी गाउँपालिकाको बिषेश गाउँ सभालाई सम्बोधन गर्दै अध्यक्ष पुनले यस्तो बताउनु भएको हो । एक वर्षको परिणाम निकाल्ने बेला अब आएकोले अनुगन, मुल्याङन र पारदर्शि बनाई सबैको चित्त बुझ्दो ढंगबाट योजनाहरु सम्पन्न गर्न मातहतका सबैलाई आग्रह गर्नु भएको छ । यो समय ढिला सुस्ती गरी काम गरौला भन्ने समय नभएकाले दिनरात खटेर भएपनि परिणाममुखि काम गर्न निर्देशन दिनु भयो । 

जनतालाई बिकासको अनुभुति हुने गरी काम भईरहेको दावि गर्दै अध्यक्ष पुनले त्यसलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिनु भयो । नयाँ संरचनाको प्रारम्भीक चरणमा भएकोले केहि प्राविधिक कथिनाईहरु भए पनि त्यसलाई सक्दो सरल बनाउनु पर्ने बताउनु भयो । सुनछहरी गाउँपालिकाको केन्द्र पोबाङमा आजसम्पन्न भएको बिषेश गाउँ सभाले केहि योजना शिर्षक संसोधन गर्ने गरेको छ भने केहि नयाँ योजनाहरु समेत थप गरेको छ । आर्थिक वर्षको अन्तिम चरणमा भएकाले केहि गर्न नसकिने कार्यक्रम तथा योजनाहरुलाई रकमान्तर गरी कार्य सम्पन्न गर्ने भएकोे छ ।

गाउँपालिका भित्रका ७ वटै वडाका जनप्रतिनिधी, कर्मचारीहरुको उपस्थीतिमा अहिले सम्म गरीएका कामको समिक्षा साथै नयाँ कार्ययोजनाको खाका समेत तयार पारिएको छ । सभाले सवारी साधन गरीद गर्न भनि छुट्याईएको रकमपनि जनताको बिकासमा खर्चगर्ने गरी नयाँ योजना बनाईएको छ । अहिलेको आवश्यक्तालाई ख्यालगरी साधन खरीदलाई प्राथमिकतामा नराखि बिकास निर्माणमा लगानी गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै अवलोकन भर्मणको रकम पनि बिकासमा खर्च गर्ने गरी आज सभाले संसोधन गरेको प्रबक्ता अमरजित पुनमगरले बताउनु भयो । यो समय भ्रमण गर्ने नभई जनताको बिकासमा खटिने समय भएकाले त्यसलाई पनि बिकास निर्माण साथै चेतना अभिबृद्धि कार्यक्रममा खर्चिने पुनले बताउनु भयो । गाउँपालिका अध्यक्ष आश बहादुर पुनको अध्यक्षता सम्पन्न भएको सभाले गाउँपालिका भवन निर्माणका लागि छुट्याईएको बजेट समेत बिकासमा खर्चिने निर्णय पास गरेको छ । यो आर्थिक बर्षमा भवन निर्माण संभव नहुने भएकोले गाउँपालिका जोड्ने बाटोलाई प्राथमिकता दिने गरी खर्च गर्ने भएको छ ।

उपाध्यक्ष पवित्रा घर्तीमगरको स्वागत मन्तब्यबाट सुरुभएको सभाको संचालन प्रमुख प्रशासकिय अधिकृत विर बहादुर पुनले गर्नु भएको थियो । साथै यहि २० गते आगामि बर्ष कसरी जाने भन्ने बिषयमा सबैको सुझाव संकलन गर्ने गरी बृहत अन्तरक्रिया गर्ने पनि बताईएको छ । 

 

 

आर्थिक वर्ष: