समाचार
सुनछहरी गाउँपालिकाको आ.व २०७७/७८ दोस्रो (नवौ) गाउँ सभामा बोल्नुहुदै गाउँपालिका अध्यक्ष श्री आश बहादुर पुन ज्यू
माघ २५, २०७७
जुनिस कुमार बिष्ट पोबाङ,रोल्पा
माघ २५ गते रोल्पाको सुनछहरी गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ को लागि विनियोजित बजेट अन्तर्गत हालसम्म ७ करोड ६४ लाख ७६ हजार २ सय ७६ रुपैयाँ खर्च गरेको छ । गाउँपालिकाको नवौँ गाउँ सभामा अध्यक्ष आश बहादुर पुनले खर्चबारे जानकारी गराउनु भएको हो । सभाले गाउँकार्यपालिकाबाट भएका निर्णयहरु पारित गरेको छ। विभिन्न शिर्षकबाट रकमान्तरण गरिएको निर्णय, विशष अनुदानको रुपमा विभिन्न योजनाहरु तर्जुमा गर्ने निर्णय गरेको छ । नेपाल सरकार स्वास्थ्य मन्त्रालयबाट ५ शैयाको अस्पताल निर्माण गर्ने निर्णय अनुसार सुनछहरी गाउँपालिका जैमाकसलाको पोबाङ स्वास्थ्य चौकी रहेको स्थानमा निर्माण गर्ने निर्णयलाई पारित गरेको छ। सुनछहरी गाउँपालिका अन्तर्गतका आ.व. २०७७/०७८ को लागि समता रणनीति कार्यक्रम अन्तर्गत तर्जुमा गरिएको कार्यक्रम गर्ने निर्णय,प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका विभिन्न योजनाहरु सञ्चालन गर्ने तर्जुमा गरिएका निर्णयहरुलाई गाउँ सभाबाट पारित गरेको छ। बिद्यालय भौतिक पूर्वाधार अनुदान अन्तर्गत ४ कोठे भवन देवी मन्दिर मा.वि.पोबाङ, सिद्ध प्राबी स्युरी वास सहितको शौचालय र रिपुकोट प्राथमिक बिद्यालय फगामलाई र रेट्रोफाइड जनता मा. बि बाहिरीगाम छनोट गरिएको निर्णयलाई पारित गरिएको छ। पोबाङ स्वास्थ चौकीमा स्थापना गरिएको ल्याब संचालन गर्नको लागि अनुमोदन भएको दररेटको निर्णय ,आर्थिक ऎन २०७७ मा विभिन्न शिर्षकमा दररेट छुटेको हुँदा परामर्श समितिको निर्णय अनुसार एकरुपता कायम हुने गरि कार्यान्वयन गर्ने निर्णय भएको छ । त्यस्तै स्थानीय दररेट संशोधन गर्ने निर्णय,सुनछहरी गाउँपालिकाको तथा अन्तर्गतका शाखाहरुको दरबन्दी स्वीकृत गर्न निर्णय,गाजाखोला देखि भित्रीगामसम्म जोडने मोटरबाटो शिर्षकलाई मुइकाधारादेखि गिच्छेबाशा बिबाङ्दहसम्म जोडने मोटरबाटो शिर्षकमा संशोधन गर्ने निर्णय पारित भएको अध्यक्ष पुनले जानकारी दिनुभयो। साथै स्थानीय तहमा वातावरण तथा प्राकृतिक श्रोतको संरक्षण सम्बन्धमा बनेको ऎन २०७७, विभिन्न वडाहरुमा भएका योजना तथा कार्यक्रमहरुको संशोधन सम्बन्धमा भएको निर्णय ,मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम अन्तर्गत तर्जमा गरिएका कार्यक्रमहरुलाई पारितको लागि निर्णय पनि पारित भएको छ । समपुरक कोष तर्फका योजनाहरु रोल्बाङ मा. बि.प्राविधिक शिक्षालय भवन निर्माण, जेलबाङ ३७ लाख ५२ हजार, फगाम मेहलधारा पोबाङ मोटरबाटो २५ लाख रुपैयाँ,फगाम खानेपानी तथा सरसफाइ योजना २५ लाख मुइकाधारादेखि बाशा बिबाङदह सम्म जोडने मोटरबाटो २५ लाख रुपैयाँ,बाहिरीगामदेखि पोबाङ जोडने मोटरबाटो २४ लाख रुपैयाँ बजेट सभाबाट पारित गरिएको गाउँपालिका अध्यक्ष आशबहादुर पुनले बताउनुभयो l