FAQs Complain Problems

योजनाको अन्तिम किस्ता भुक्तानी लिन आउदा पेश गर्नुपर्ने कागजातहरु के के हुन् ?

  • सम्पन्न भएको कामको मुल्यांकन, उपभोक्ता समितिलाई भुक्तानी दिने अन्तिम बिल र नापी किताव संलग्न भएको हुनुपर्ने l
  • सार्वजनिक परिक्षण फारम अनिवार्य संलग्न भएको हुनुपर्ने l
  • मेशिन औजार, उपकरण र सिमेन्ट, छड, पाईप् लगाएतका निर्माण सामग्री प्रयोग गरेको भए भ्याट बिल अनिवार्य समावेस गरेको हुनुपर्ने l
  • आयोजना स्थलमा आयोजना सूचनापाटी टासेको फोटो र आयोजना स्थलको निर्माण कार्य सम्पन्न भएको फोटो संलग्न हुनुपर्ने l
  • उपभोक्ता समिति र अनुगमन समितिको निर्णय अनिवार्य संलग्न हुनुपर्ने l
  • योजना संचालन भएको वडाको निर्माण कार्य सम्पन्न भएको सिफारिस पत्र अनिवार्य संलग्न हुनु पर्ने l