FAQs Complain Problems

सुनछहरी गाउँपालिकामा डिजिटल हाजिरी सुरु

e-hajiri udghatan garnuhudai adhakshya

पूर्वि रोल्पाको सुनछहरी गाउँपालिकामा डिजिटल हाजिरी प्रणाली सुरु भएको छ । सुचना प्रविधी क्षेत्रमा बिश्वमा भएका प्रबिधिहरुको प्रयोग गर्दै  गाउँपालिकामा डिजिटल हाजिरी प्रणाली सुरुवात गरिएको हो । परम्परागत प्रणालीलाई बिस्थापित गर्दै आधुनिक प्रविधिलाई अंगाल्न थालिएको छ ।

गाउँपालिका अध्यक्ष आश बहादुर पुनमगरले हाजिरी लगाएर उक्त प्रविधीको उद्घाटन गर्नु भएको छ । गाउँपालिकाको आफ्नै लगानीमा डिजिटल हाजिरी सिस्टम सुरुवात गरिएको गाउँपालिकाले जनाएको छ । अवको युगमा हाजीरी प्रणालीलाई छिटो छरीतो र भरपर्दो बनाउनु पर्नेमा जोड दिइएको अध्यक्ष पुनले बताउनु भयो । परम्परागत प्रणालीका कारण समयको बरबादी संगै बिस्वस्नीयता पनि कम हुने भएकोले गाउँपालिका अन्तरगतका कर्मचारीहरुका लागि Web Based ई- एटेन्डेन्स सुरुवात गरिएको उहाँले बताउनु भयो ।

अहिले गाउँपालिकामा यो प्रणाली सुरुवात गरेपनि छिट्टै वडाहरुमा पनि बिस्तार गरिने प्रमुख प्रशासकिय अधिकृत बिर बहादुर पुनले बताउनु भयो । इन्टरनेटको मध्यम बाट  सिधै गाउँपालिकाबाट वडाका कर्मचारी कहाँ कुन अवस्थामा छन् सबै अबलोकन गर्न सकिने सिस्टम बनाउन थालिएको समेत बताउनु भएको छ । गाउँपालिका केन्द्र संगै प्रत्येक वडा कार्यालयमा सिसि क्यामरा जडान गरी सेवालाई थप प्रभावकारी बनाउन थालिएको अधिकृत पुनले बताउनु भयो ।

कर्मचारी कार्यालयमा नबस्ने जनगुनासोलाई मध्यनजरी गरी इ हाजिरी जडान गरिएको बताईन्छ । अब ति सबै  नियन्त्रण हुनेमा आशाबादी रहेको बताइएको छ । यसैगरी इन्टरनेटको  माध्यमबाट  गाउँपालिका मा कर्मचारीहरुको उपस्थित भएको नभएको थाहा पाउन सकने छ। यस्तो प्रविधि जडान भए संगै सबै कर्मचारीले ठिक समयमा फिंगर स्टमबाट हाजिरी लगाउनु पर्ने छ । निर्धारित कार्यालय समयमा  ढिलो आउने, चाडो जाने कर्मचारीहरुलाई त्येस दिनको हजिरिको मान्यता  नदिने भनि सिस्टम बाट नियम सेट गरेमा उक्त दिनको हाजिर नहुने सुचना अधिकृत गुमान सिं बिस्टले बताउनु भयो । गाउँपालिकामा इन्टरनेट जडान भएसंगै धेरै काममा सहजता आएको बिष्टको भनाई छ । अबको बिकसीत सुचना प्रविधिलाई भरपुर उपयोग गर्ने गरी कार्य सम्पादन भईरहेको पनि जानकारी गराउनु भयो ।

त्यस्तै अबको केहि दिन भित्रै प्रत्येक वडा कार्यालयहरुमा इन्टरनेट जडान गरिसक्ने गरी कार्य थालनि गरिएको प्रवक्ता अमरजित पुनले जानकारी गराउनु भयो । प्रत्येक वडामा इन्टरनेट जडानका लागि कोटेशन आह्वान समेत भईसकेको प्रबक्ता पुनले बताउनु भयो । गाउँपालिकामा अहिले ग्रुप एस एम एस, वेवसाईट अपडेट लगाएतका कामहरु भईरहेका छन् । सुचना प्रणालीलाई ब्यवस्थीत बनाउनका लागि यस अगाडीनै प्रत्येक वडामा एक एक वटा पोष्टपेड सिम कार्ड बितरण गरिसकिएको छ ।

 

स्रोत: जलजाला अनलाइन

आर्थिक वर्ष: