FAQs Complain Problems

सुनछहरी गाउँपालिका को आर्थिक बर्ष २०७५/०७६ को बजेट पारीत

सुनछहहरी गाउँपालिकाको आर्थिक बर्ष २०७५/०७६ को लागि २५ करोड ५७ लाख ८ हजार रुपैया बजेट पारीत गरीएको छ ।असार १० गते गाउँपालिकाका अध्यक्ष आश बहादुर पुन द्धारा प्रस्तुत बजेट तथा नीति कार्यक्रम आबश्यक छलफल तथा शंसोधन सहित पारीत गरीएको हो । कुल बिनियोजित बजेतलाई ५ वटा विकासका प्राथमिकताका क्षेत्रहहरुलाई आधार मानेर आर्थिक विकास तर्फ रु १ करोड २६ लाख ३५ हजार, सामाजिक विकास तर्फ ६९ लाख ७० हजार, पुर्वाधार विकास तर्फ ५ करोड ४१ लाख ९० हजार, वन वातारवरण तथा विपद व्यवस्थापन १५ लाख ५० हजार, सामाजिक सुरक्षा तर्फ ३ करोड २८ लाख ३ हजार तथा शसर्त बजेट तर्फ ७ करोड ४८ लाख, विभिन्न सरकारी तथा गैर सरकारी निकायबाट प्राप्त हुने १३ लाख ६१ हजार, चालु तर्फ ६ करोड ४८ लाख ७९ हजार, पुँजिगत तर्फ ७ करोड ७३ लाख ६५ हजार, समपुरक तर्फ ४५ लाख रुपैया विनियोजन रकम पारीत गरीएको छ ।

थप जानकारीको लागि

स्रोत: सिस्ने अनलाइन

आर्थिक वर्ष: