FAQs Complain Problems

योजना भुक्तानी गर्दा अनिवार्य संलग्न गर्नुपर्ने कागजातहरु के के हुन् ?

  • उपभोक्ता समितिको निवेदन l
  • सार्वजनिक परिक्षण फारम l
  • मेसिन औजार उपकरण र निर्माण सामाग्री सिमेन्ट,छड, पाईप लगायतका सामग्री प्रयोगको भ्याट बिल l
  • आयोजना स्थलमा आयोजना सूचनापाटी टाँँसेको फोटो र आयोजना स्थलको निर्माण कार्य सम्पन्न भएको फोटो l
  • उपभोक्ता समिति र अनुगमन समितिको कार्य सम्पन्न भएकाले भुक्तानी माग्ने निर्णय l
  • सम्पन्न भएको कामको मुल्यांकन, उपभोक्ता समितिलाई भुक्तानी दिने अन्तिम बिल र नापी किताब l
  • सम्बन्धित वडा कार्यलयको निर्माण सम्पन्न भएको सिफारिस l
  • उपभोक्ता समितिले पेश गरेका सबै कागजातहरुमा उपभोक्ता समितिको छाप र अध्यक्षले प्रमाणित गर्ने l
  • योजनाको रनिङ बिल र कार्य सम्पन्न बिलमा उपभोक्ता समितिको अध्यक्षले सही तथा छाप गर्ने l
  • डोजर तथा मेशिन उपकरण प्रयोग गरेको भए उपभोक्ता समिति र डोजर तथा मेशिन उपकरण धनी विच संझौता भएको संझौता पत्र 
  • मेशिन तथा डोजर प्रयोग भएमा डोजर अपरेटरको लाइसेन्स, डोजर तथा उपकरणको दर्ता प्रमाण पत्र (ब्लुबुक)
  • डोजर कम्पनी तथा निर्माण कम्पनी कर कार्यलयमा दर्ता भएको प्रमाण पत्र र आ.व २०७३/०७४ को कर चुक्ता भएको प्रमाण पत्र l
  • लागत अनुमान , कार्य सम्पन्न प्रतिबेदन र जिल्ला दररेट बमोजिम भुक्तानी दर ,परिमाण ,रकम, मेशिन(डोजर) को क्षमता र मेशिनको नम्बर स्पस्ट खुलेको बिल तथा भरपाई l
  • योजनाको कुल लागत रकम मध्य भ्याट लाग्ने रकमको १.५ प्रतिशतका दरले आउने रकम अग्रिम कर कट्टी हुने र बाकि रकमबाट ११ प्रतिशत बहाल कर कट्टी हुने